राजनीति/ समाज
कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा : कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा मात्र रहेको बताएका छन् । अध्यक्ष थापाले आज काठमाडौँको क्षेत्र नं. ५ (क) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा काङ्ग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत, नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताउँदै सो कुरा...
एमाले फुटाउन अध्यादेश ल्याए देशभर आगो बाल्ने महेश बस्नेतको चेतावनी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् । शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताए । ‘पहिले एमाले बलियो बनाउन...
एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा
काठमाडौं । नेकपा एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ । एमाले महासचिव ईश्वर पोखरेलले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सने संगठनको भ्याली कमाण्ड घोषणा भएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।...
नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित
काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । शनिबार सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको...
कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा विहान ९ बजेपछि बैठक बस्दै छ । पार्टीको १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका सन्दर्भमा शुक्रबारदेखि काँग्रेस शीर्षस्थ नेताहरु बैठक जारी छ । आगामी भदौँ १६ गतेका लागि तय...
निर्धारित मितिमै महाधिवेशन गर्ने गरी तयारी थाल्न देउवाको निर्देशन
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै महाधिवेशन गर्ने गरी तयारी थाल्न निर्देशन दिएका छन् । शुक्रबार बिहान आफ्नो निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफलमा देउवाले भदौ १६ मा नै महाधिवेशन गर्ने गरी तयारी थाल्न निर्देशन दिएका हुन् । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापति देउवाले...
कांग्रेस मकवानपुरद्वारा हेटौँडाका ४० घरपरिवारलाई खाद्यान्न वितरण
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का ४० घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । कांग्रेस मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ को फायरलाईन र कमेरोपानी टोलका ४० घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । खाद्यान्न वितरण कार्यक्रम हेटौंडा उपमहानगरपालिका १५ का कार्यबहाक सभापति नवराज घलानको सभाध्यक्षता...
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदलाई सलाम गर्न चाहान्छु’
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको अर्को षड्यन्त्र असफल पारेको बताएका छन् । ओलीले फेरी संसद विघटन गराउने षड्यन्त्र रचेको भएपनि आफुहरुले त्यसलाई असफल पारेको नेता नेपालले बताए । गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्न नदिने र संसद विघटन गराउने ओलीको...
हेटौँडामा विभिन्न पार्टी परित्याग गरी ६९ जना कांग्रेसमा प्रवेश
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ६९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ६९ जना कांग्रेसमा प्रवेश गरेका हुन् । शुक्रबार पदमपोखरीमा भएको कार्यक्रममा नेपाली कांग्रेसका हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीसहितका नेताहरुले...
एकताको नाममा अपमान सहेर पार्टीमा बस्न सकिँदैन : नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकताको नाममा अपमान सहेर पार्टी भित्र बस्न नसकिने बताएका छन् । नेता नेपालले बिहिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । नेता नेपालले पार्टीलाई घरसँग तुलना गर्दैै कोही पनि त्यत्तिकै...









