राजनीति/ समाज
प्रतिनिधिसभाको बैठक सुरु
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । दिउँसो १ बजे सुरु भएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाएका छन् । उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷०७७ पेश गर्ने...
नेपाली कांग्रेसमा ४ लाख ४३ हजार नयाँ क्रियाशील सदस्य थपिए
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्य ४ लाख ४३ हजार ६ सय ६८ जना थपिएका छन् । त्यस्तै ४ लाख ९ हजार ३३ जनाको सदस्यता नविकरण भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । यससंगै कांग्रेसको १४ औँ महाधिवेशनका लागि देशैभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशील...
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए । भेटमा देउवा र प्रचण्डबीच पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद विस्तारको सन्दर्भमा विशेष छलफल भएको जनाइएको...
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक आज बिहान १० बजे पार्टी सभापति निवास बुढानीलकण्डमा बोलाइएको छ । उक्त बैठकमा आगामी १४ औं महाधिवेशनबारे छलफल कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेस गर्ने...
विकासमा सार्वजनिक खरिद ऐनका प्रावधान बाधक : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको कामलाई तीव्रता दिन विद्यमान सार्वजनिक खरिद ऐनका परम्परागत प्रावधानहरू बाधक रहेको टिप्पणी गरेका छन्। शर्माले सोमबार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू सहित अर्थविदसँगको छलफलमा यस्तो धारणा राखेका हुन्। शर्माले सार्वजनिक खरिद ऐनलाई समयानुकूल बनाउन प्रयत्न गर्ने बताए। मन्त्री शर्माले पुँजीगत खर्च बढाउन अर्थविदहरूको सुझाव आवश्यक...
के गर्ला ठाकुर पक्ष ?
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता प्रदान गरेपछि महन्थ ठाकुर पक्ष दोधारमा परेको छ। आयोगले नयाँ पार्टी खोल्ने अवसर दिए पनि कसरी नयाँ पार्टी खोल्ने, त्यसको प्रभाव कस्तो हुन्छ भन्ने प्रश्न खडा भएको छ। ठाकुर पक्षमा रहने सांसदको पद के हुने भनेर आयोग बोलेको छैन। आयोगका प्रवक्ता राजकुमार...
खोप व्यवस्था गर्न राज्यमन्त्री श्रेष्ठ लागि परेका छन्: बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्र बहादुर बानियाँले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ जनतालाई कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न लागि परेको बताएका छन् । लामो समयदेखि कोरोना पीडित बनेका नेपाली जनताले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठकै कार्यकालमा खोप लगाउन पाउने उनले विश्वास व्यक्त गरे ।...
जसपा विवादसम्बन्धी निर्वाचन आयोगको १९ पन्ने फैसला (पूर्णपाठसहित)
काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता निर्वाचन आयोगबाट उपेन्द्र यादव पक्षले पाएको छ । केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवको पक्षमा बहुमत भएकाले आयोगले सोमबार यादव पक्षलाई जसपाको आधिकारिकता दिएको हो । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच आधिकारिता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई...
महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने आयोगको निर्णय
काठमाडौं । निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएको छ । यससंगै आयोगले महन्थ ठाकुरलाई पनि छुट्टै दल दर्ता गर्न दिने भएको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि जसपाको आधिकारिकता यादव पक्षले पाएको हो भने ठाकुर पक्षमा १६ जना मात्रै सदस्यले...
निर्वाचन आयोगले दियो उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिता
काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता निर्वाचन आयोगबाट उपेन्द्र यादव पक्षले पाएको छ । केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवको पक्षमा बहुमत भएकाले आयोगले सोमबार यादव पक्षलाई जसपाको आधिकारिकता दिएको हो । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच आधिकारिता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका...








