माओवादी केन्द्रको स्थायी समिति बैठक १० दिन पर धकेलियो
काठमाडौं । नेकपामा माओवादी केन्द्रको स्थायी समिति बैठक १० दिन पर धकेलिएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।
त्यस्तै उक्त बैठकले पार्टीका केन्द्रीय समिति सदस्यहरुलाई वडास्तरको कमिटी गठन गरेर साउन ३० गतेभित्र रिपोर्ट ल्याउन निर्देशनसमेत दिइएको हो ।
सो बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद विस्तारको विषयमा समेत छलफल भएको जनाइएको छ ।
