एमाले स्थायी कमिटी बैठक स्थगित

तु खबर संवाददाता
२०७८ श्रावण १६, शनिबार १७:०७
file-photo

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । विघटित एकता कार्यदल बैठकको आग्रहपछि आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।

कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन आइतबार बस्ने गरी आजको स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

उनका अनुसार, स्थायी कमिटी बैठक आज ३ बजेका लागि बोलाइएको थियो । त्यसअघि विघटित कार्यदलको बैठक नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो ।

उक्त बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएको उनले जानकारी दिए ।