कांग्रेस पदाधिकारीको बैठक दिउँसो २ बजे बस्ने

तु खबर संवाददाता
२०७८ श्रावण १४, बिहीबार ०९:०६
file photo

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज दिउँसो २ बजेको लागि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बोलाइएको छ ।

बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने बुझिएको छ ।

बुधबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो । सो समय आज दिउँसो सकिंदै छ ।

बैठकमा सत्ता गठबन्धनको विषयमा पनि आवश्यक छलफल गरिने बताइएको छ ।

मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारकाबाहीका विषयमा छलफलसमेत छलफल हुने कांग्रेस निकट स्रोतले बतायो ।