क्रियाशील सदस्यताको विवाद ५ दिनभित्र टुंग्याउने कांग्रेसको निर्णय

तु खबर संवाददाता
२०७८ श्रावण १४, बिहीबार १९:१८
file photo

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुंग्याउन नसकेको विषयहरुलाई पार्टीका शीर्ष नेताहरुले पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको
हो ।

विवादित विषयहरुलाई पाँच दिनभित्र शीर्ष नेताले टुंग्याएपछि महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ हुने बताइएको छ ।