माधव नेपाललाई २२ सांसदको दबाब

तु खबर संवाददाता
२०७८ श्रावण १३,बुधबार १७:२०
file-photo

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन उनी पक्षीय २२ जना सांसदहरूले दबाब दिएका छन् ।

बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो पक्ष सहभागी हुनुपर्ने भन्दै दबाब दिएका हुन् ।

छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदहरूले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताए ।

वरिष्ठ नेता नेपाल तत्काल सरकारमा नजाने पक्षमा रहेपनि उनी पक्षीय सांसदहरुभने भने देउवा नेतृत्व सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् ।