माओवादीबाट निष्कासित सांसदहरुको रिट ‘हेर्न नभ्याइने’ मा
काठमाडौं । पूर्व माओवादी केन्द्रका नेताहरुले सांसद पद जोगाइदिन भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा अदालतले हेर्न नभ्याइनेमा राखिदिएको छ ।
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले उक्त मुद्दा बिहीबार हेर्न नभ्याइनेमा राखेको हो ।
यससंगै तत्कालका लागि उक्त मुद्दाको सुनुवाइ रोकिएको हो ।
नेकपा माओवादी केन्द्रबाट निष्कासित भएका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पद पुनर्वाहली गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
तत्कालिन नेकपामा छँदा मन्त्री बनेका उनीहरु एमाले र माओवादी केन्द्र अलग भएपछि पनि एमालेमै बसेर मन्त्री पदमा थिए । तर सर्वोच्चको फैसलासँगै उनीहरुको मन्त्री र सांसद पद खारेज भएको हो ।
