माधव नेपालले बोलाए आफु पक्षीय केन्द्रीय समितिको बैठक

तु खबर संवाददाता
२०७८ श्रावण १९, मंगलवार १६:२२
Madhav- kumar- nepal

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफुपक्षीय केन्द्रीय सदस्यहरुको बैठक आह्वान गरेका छन् ।

भोलि साउन २० गतेलाई बैठक बोलाइएको हो ।

केन्द्रीय समिति बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरिने भएको छ ।

नेता नेपालले सोमबार मात्रै आफू पक्षीय स्थायी समिति बैठक बोलाएर पार्टी एकता र पछिल्लो राजनीतिक घटनाबारे धारणा सुनेका थिए ।

त्यसक्रममा नेता नेपालले आफु पार्टी एकताको विपक्षमा नरहेको भन्दै सम्मानजनक एकता नै अहिलेको आवश्यक्ता रहेको बताएका थिए । स्थायी समिति बैठकले पार्टी एकता विरोधी गतिविधि र अभिव्यक्ति समेत नदिने निर्णय गरेको थियो ।