प्रतिनिधिसभाको बैठक सुरु
काठमाडौं । प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैठौं बैठक सुरु भएको छ ।
सभामुख अग्नि सापकोटाले बैठक अघि बढाएका छन् ।
बैठकमा दुईवटा कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ ।
यस्तै, दोस्रो कार्यसूचीमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ ।
