कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सर्वोच्चद्वारा सदर

तु खबर संवाददाता
२०७८ श्रावण १८, सोमबार १८:००

काठमाडौ्रं । सर्वोच्च अदालतले कर्णाली प्रदेशका ४ जना सांसदलाई नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारवाही सदर गरेको छ ।
केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले सांसदहरुलाई गरेको कारवाही सदर गर्ने आदेश गरेका हुन् ।

सर्वोच्चले प्रदेशसभा सदस्यहरु क्रमशः प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारवाही सदर गरेको हो । एमालेले ह्वीप उल्लंघन गरेको भन्दै उनीहरुलाई कारबाही गरेको थियो ।

तर, एमालेले गरेको सो कारवाहीलाई यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो । त्यस्तै, सो अन्तरिम आदेश खारेजीको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले असार ७ मा भ्याकेट निवेदन दिएका थिए ।