काँग्रेसले केन्द्रीय समिति बैठक बोलायो
काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
बैठक साउन २८ गते दिउँसो २ बजेका लागि बोलाइएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मुख्य सचिव पौडेलका अनुसार, उक्त बैठकमा १४ औैँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्ताव प्रस्तुत हुनेछ ।
बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको हो ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको सहभागीता रहने जनाएको छ ।
