एमाले केन्द्रीय कमिटी बैठक शुरु

तु खबर संवाददाता
२०७८ श्रावण २५, सोमबार १६:०३
file-photo

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा विधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ ।

एमालेको यसअघि सोमबार नै तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । जसमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने निर्णय गरेको थियो ।

सो निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश हुने एक नेताले जानकारी दिए । बैठकमा महाधिवेशन केन्द्रित अन्य विषयमा पनि छलफल हुने ती नेताले बताए ।