मुख्यमन्त्री पौडेलद्वारा ज्यामिरे खोलामा नवनिर्मित पुल उद्घाटन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ स्थित ज्यामिरे खोलामा नवनिर्मित पुल उद्घाटन गरेका छन् ।
गाउँपालिकाको ज्यामिरे र धादिङ्ग बजार जोड्ने ज्यामिरेको पुल मुख्यमन्त्री पौडेलले शनिबार उद्घाटन गरेका हुन् ।
संघीय सरकारबाट ८९ लाख ६४ हजार ३१९, प्रदेश सरकारबाट ३० लाख अनुदान र गाउँपालिकाको आन्तरिक श्रोतबाट २ करोड १८ हजार १६९ गरी कुल ३ करोड १९ लाख ८२ हजार ४ सय ८८ रुपैँया लागतमा निर्माण भएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुँमागाईले जानकारी दिए ।
निर्माण भएको पुलको लम्बाइ २६.६५ मिटर र चौडाइ ७.२० मिटर छ ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु, विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरुको उपस्थिती रहेको थियो ।
