बागमतीमा माओवादीको सदस्य संख्या १ लाख १२ हजारबढी

तु खबर संवाददाता
२०७८ श्रावण ३१, आईतवार १५:३०

मकवानपुर । बागमती प्रदेशका नेपाल कम्युजिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका सदस्यहरुको कूल संख्या १ लाख १२ हजार ३ सय ७३ जना रहेको छ ।

पार्टीका नेता नारायण दाहालले काठमाडौंमा जारी माओवादीको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको रिपोर्ट प्रस्तुत गर्दै बागमती प्रदेशका सदस्यहरुको संख्या प्रस्तुत गरेका हुन् ।

उनका अनुसार, प्रदेशको १३ वटा जिल्लामा नेकपा माओवादीका केन्द्रीय सदस्यहरुको संख्या ३५ जना रहेका छन् ।

केपी ओलीविरुद्ध भएको प्रतिगमन विरोधी आन्दोलनमा बागमती प्रदेशले महत्त्वपूर्ण भूमिका खेलेको दाहालले बताए ।