राजनीति/ समाज

सर्वोच्चद्वारा जसपाका तीन सांसदको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका ३ सांसदको रिटमा अन्तरिक आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । पार्टी नीति विपरीत शंकर पोखरेललाई समर्थन गरी सरकारमा सहभागी भएको भन्दै जसपाले पार्टीका लुम्बिनी प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई कारवाही गरेपछि निजहरु...

न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रम सार्वजनिक गरिएको हो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ...

नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कमिटी बैठक सम्पन्न

मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कमिटी बैठक आज आइतबार सम्पन्न भएको छ । बैठक पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा जिल्ला पार्टी अध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) को अध्यक्षतामा सम्पन्न भएको हो । बैठकले पार्टी हित विपरित कार्य गरेको भन्दै स्थानीय पार्टी...

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल जारी

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बिहान साढे ११ बजेदेखि छलफल जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनका अनुसार, छलफलमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक सोमबार दिउँसो बस्ने गरी स्थगित भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, बैठक सोमबार दिउँसो ३ बजे बस्ने भएको छ । केन्द्रीय कमिटी बैठक अगाडि ११...

काँग्रेसले केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक साउन २८ गते दिउँसो २ बजेका लागि बोलाइएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मुख्य सचिव पौडेलका अनुसार, उक्त बैठकमा १४ औैँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्ताव प्रस्तुत हुनेछ । बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी...

माधव पक्षको स्थायी समिति बैठक सकियो

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षीय स्थायी समिति बैठक सकिएको छ । काठमाडौँको बुद्धनगरमा बसेको बैठक केहीबेर अघि सकिएको हो । उक्त बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको थियो । बैठकमा फेरि बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिने बारे छलफल...

नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा सदस्यहरुले बोल्ने क्रम सकियो

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । काठमाडौँको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा ५५ जना केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएको हो । जसमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना बोलेका हुन् । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि...

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्थावमाथि साउन २७ गते छलफल हुने

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि आगामी साउन २७ गते छलफल हुने भएको छ । प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गर्दै मुख्यमन्त्रीविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफलका गर्नका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको जानकारी गराएको हो । प्रदेशसभा सचिवालयले प्रदेश प्रमुख अमिक शेरचनले...

सांसद् वलीको स्पष्टिकरण– ‘मुख्यमन्त्री पोखरेलले बन्धक बनाए, शौचालयको चप्पल लगाएर भागें’

बुटवल । लुम्बिनी प्रदेशकी सांसद् विमला वलीले आफुलाई मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएर उनकै निवासमा राखेको आरोप लगाएकी छिन् । आज पत्रकार सम्मेलन गर्दै सांसद वलीले मुख्यमन्त्री पोखरेलले आफुलाई साउन १५ गतेदेखि २० गतेसम्म उनकै निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गर्न लगाएको बताइन् । उनले आफु...