अफगानिस्तानमा रहेका नेपालीको सकुसल उद्दार गर्ने सरकारको निर्णय
मकवानपुर । सरकारले अफगानिस्तानमा रहेका नेपालीको चाँडै उद्दार गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुसल शीध्र उद्दार गर्ने निर्णय गरेको हो ।
त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्यअघि बढाउन निर्देशन दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।
उनले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका बाँकी रहेका समस्या सम्बोधन गर्न प्रक्रिया अगाडि बढिसकेको बताए ।
