प्रदेश २ का प्रमुख झा बर्खास्त, नयाँ नियुक्तिका लागि मिश्रको नाम सिफारिस
काठमाडौँ । प्रदेश नम्वर २ का प्रदेश प्रमुख राजेश झालाई बर्खास्त गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख झालाई बर्खास्त गर्दै नयाँ नियुक्तीको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो ।
महोत्तरीको पिपरा गाउँपालिकाका उनी नेपाली काँग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री रहेका थिए । उनलाई काँग्रेस नेता विमलेन्द्र निधिको जोडबलमा प्रदेश प्रमुख सिफारिस गरिएको बताइएको छ ।
पूर्व प्रधानमन्त्री केपी ओलीले तिलक परियारलाई बर्खास्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।
