एमालेले निर्वाचन आयोगमा पठायो केन्द्रीय सदस्यको सूची

तु खबर संवाददाता
२०७८ भाद्र १, मंगलवार १६:५२

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ ।

एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो ।

नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना रहेका छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्यावधिक गर्न पठाइएको जनाइएको छ ।

हाल आयोगमा भने एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीको विवरण मात्र छ ।