राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण

तु खबर संवाददाता
२०७८ भाद्र २, बुधबार १५:०५
file photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छिन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनलाई सहज बनाउने उदेश्यका साथ अध्यादेश सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारले दल सम्बन्धि अध्यादेश ल्याएको भन्दै विरोधहरु पनि भइरहेका छन् ।