एमाले फुटेको होईन : अध्यक्ष ओली

तु खबर संवाददाता
२०७८ भाद्र ३, बिहीबार १६:०५
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी फुटेको नभई केही व्यक्ति मात्रै अलग भएको बताएका छन् ।

बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । उनले यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने बताए ।

अध्यक्ष ओलीले भने, ‘एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् । तर, त्यो टाल्न सकिन्छ, अपूरणीय क्षति होइन, भवन नै ध्वस्त हुने क्षति होइन ।’