बागमतीका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त

तु खबर संवाददाता
२०७८ भाद्र ४, शुक्रबार १४:२८

मकवानपुर । बाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त भएका छन् ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्मती प्रदेश प्रमुख प्रसाईलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदको सिफारिसको आधारमा प्रसाईलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अब प्रदेश प्रमुखमा माधव नेपाल पक्षका यादवचन्द्र शर्मालाई नियुक्त गरिने जनाइएको छ ।

यसअघि बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् ।
केन्द्रमा माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल गठन गरेपछि प्रदेशमा एमाले सरकार टिकाउन केपी ओलीले डोरमणि पौडेललाई राजीनामा गराई शाक्यलाई नियुक्त गर्न निर्देशन दिएका थिए ।