बागमतीमा मन्त्रिपरिषद् विस्तार : खनाललाई एक र पाण्डेलाई दुई मन्त्रालयको जिम्मेवारी
मकवानपुर । बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् ।
मुख्यमन्त्री शाक्यले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् ।
उनले प्रदेश सरकारका सात मन्त्रालयमध्ये बाँकी चार मन्त्रालयको जिम्मेवारी भने आफैले लिएकी छन् ।
नवनियुक्त मन्त्रीहरुले बुधबार नै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनीहरुलाई प्रदेश प्रमुख विष्णुप्रसाई प्रसाईले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
