जिल्ला युवा संघ मकवानपुरको सचिवमा लामिछाने
मकवानपुर । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको ३ सय ११ सदस्यीय जिल्ला कमिटी घोषणा भएको छ । जिल्ला सदस्यहरुको सपथ ग्रहणसमेत गरिएको छ ।
भेलाले कृष्ण लामिछानेलाई जिल्ला सचिव चयन गरेको छ । यसअघिको भेलाले लक्ष्मण उप्रेतीलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको थियो ।
भेलाले ३५ सदस्यीय सचिवालयसमेत निर्माण गरेको छ भने १० वटै स्थानीय तहका संयोजक पनि चयन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका निर्वतमान मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको विकास गर्न एमालेको सरकार पुनः अपरिहार्य रहेको बताए ।
नेपालमा विकासको मुहान एमाले सरकारको पालामा मात्र फुट्ने भन्दै उनले षड्यन्त्रबाट केप ीओली सरकारलाई ढालिएको भए पनि आउँदो निर्वाचनमा एमालेले अत्याधिक मतसहित देशको सत्ता सच्चालन गर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष युवा संघले युवालक्षित उत्पादनमुलक तामिमहरुको कार्यक्रम संचालन गरेर उनीहरुलाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिए ।
