प्रदेश युवा परिषद् बागमतीको स्थापना दिवस सम्पन्न
मकवानपुर । प्रदेश युवा परिषद् बागमती प्रदेशले स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमसँगै रक्तदान र फलफूल वितरण गरेको छ । प्रदेश युवा परिषद्ले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा बुधबार बिहान कार्यलयमा आयोजित अन्तरक्रियासँगै रक्तदान र हेटौंडा अस्पतालमा फलफूल वितरण गरेको हो ।
कार्यक्रम प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षता एवम् बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले प्रत्येक स्थानीय तहमा युवाहरुलाई उत्पादन, रोजगारी र व्यावसायमा लैजाने गरी तालिमहरु संचालन गर्न युवा परिषद्लाई आग्रह गरे ।
कार्यक्रममा बागमती प्रदेशका पूर्बमन्त्री तथा प्रदेशसभाका सदस्य चन्द्र लामा, बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव धुर्ब गैडा, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रीन, हेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देललगायतको उपस्थिति रहेको थियो ।
