राजनीति/ समाज
बागमतीका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त
मकवानपुर । बाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्मती प्रदेश प्रमुख प्रसाईलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिषदको सिफारिसको आधारमा प्रसाईलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । अब प्रदेश प्रमुखमा माधव नेपाल पक्षका यादवचन्द्र शर्मालाई नियुक्त गरिने जनाइएको छ । यसअघि...
विभिन्न पार्टी परित्याग गरे २ सय ८७ जना कांग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रको राक्सिराङ गाउँपालिकाका विभिन्न वडाबाट विभिन्न पार्टी परित्याग गरी २ सय ८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले, माओवादी (केन्द्र), राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी २ सय ८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा एमालेबाट...
गैर-जिम्मेवार डोरमणि पौडेल, निषेधाज्ञा उल्लंघन गर्दै लावालस्कर
मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी निवास छाडेका छन् । एमाले हाइकमाण्डको निर्देशनअनुसार पदबाट राजीनामा दिन बाध्य भएका मुख्यमन्त्री पौडेलले विहिबार दिउँसो १२ बजे सरकारी निवास छाडेका हुन् । माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल गठन गरेपछि स्पष्ट अल्पमतमा परेको एमाले सरकार टिकाउन अध्यक्ष केपी शर्मा...
बागमतीका प्रदेश प्रमुख प्रसाई पदमुक्त हुँदै, माधव पक्षका शर्मा नियुक्त हुने
मकवानपुर । मुख्यमन्त्री फेरिएसंगै बागमती प्रदेशमा प्रदेश प्रमुख पनि फेरिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई हटाएर माधव नेपाल पक्षका यादवचन्द्र शर्मालाई प्रदेश प्रमुख बनाउने तयारी गरेका छन् । विहिबार बसेको मन्त्रिपरिषद बैठकले शर्माको नाम बागमती प्रदेशको प्रदेश प्रमुखको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस...
जाँदा जाँदै डोरमणि पौडेलले भने : एमाले एकतावद्ध छ
मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले ३ वर्षे कार्यकालमा शिर उच्च राख्ने गरी काम गरेको बताएका छन् । बिहिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै निवर्तमान मुख्यमन्त्री पौडेलले आफुले साढे ३ वर्षको कार्यकालमा जनताप्रति उत्तरदायी भएर उल्लेख्य काम गरेको बताएका हुन् । उनले आफ्नो नेतृत्वमा अन्य प्रदेशको...
एमाले फुटेको होईन : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी फुटेको नभई केही व्यक्ति मात्रै अलग भएको बताएका छन् । बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । उनले यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने बताए । अध्यक्ष ओलीले भने, ‘एकाध...
कारबाहीमा परेका १४ सांसदलाई पदमुक्त गर्न सभामुख सापकोटालाई एमालेको दबाब
काठमाडौं । नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न सभामुख अग्नि सापकोटालाई दबाब दिएको छ । बिहीबार एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटालाई भेटेर कारवाहीमा परेका १४ जना सांसदलाई पदमुक्त गर्न दवाव दिएका हुन्...
बागमती सरकारमा मुख्यमन्त्री शाक्यको यात्रा कति सुरक्षित ?
मकवानपुर । बुधबार नेकपा एमालेको शीर्ष नेतृ अष्टलक्ष्मी शाक्य बोहरा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भइन् । निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएसंगै एमालेको एकल बहुमतको सरकार गठनको दावीअनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा...
बागमतीमा मन्त्रिपरिषद् विस्तार : खनाललाई एक र पाण्डेलाई दुई मन्त्रालयको जिम्मेवारी
मकवानपुर । बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् । मुख्यमन्त्री शाक्यले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । उनले प्रदेश सरकारका सात मन्त्रालयमध्ये बाँकी चार मन्त्रालयको जिम्मेवारी भने आफैले लिएकी...
दल विभाजन गर्न मिल्ने अध्यादेशविरुद्ध हेटौंडामा प्रदर्शन
मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोधमा हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेको छ। बुधबार साँझ अनेरास्ववियु हेटौंडा उपमहानगरपालिका कमिटिले उक्त विरोध प्रदर्शन गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी...










