एमाले स्थायी कमिटी बैठक जारी, पूर्व माओवादीका नेताहरु पनि सहभागी
काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठक तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको हो ।
उक्त लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी भएका छन् ।
साथै, सो बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन् ।
बैठकले पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिअनुसार कार्यतालिका बनाउने नेताहरुले बताएका छन् ।
