एमालेका नेताहरुलाई माधव नेपालले डाँडामा लगेर थुने –ओली
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेताहरुलाई माधव नेपालले डाँडामा लगेर जबरजस्ती थुनेर राखेको आरोप लगाएका छन् ।
उनले माधव नेपालको यो ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको भन्दै टिप्पणी समेत गरेका छन् ।
एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा लगेर बलजफ्ती राखेको बताए ।
उनले भने, ‘बैठक भनेको एक लेभलको हुन्छ । कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ । सधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो ?’
उनले माधव नेपालले घेराबन्दी गरेर एमालेका नेताहरुलाई घर–घरबाट लगेर राखेको बताए ।
