‘अष्टलक्ष्मी शाक्य मेरै सहमतिमा मुख्यमन्त्री बन्नु भएको हो’
काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य आफ्नै सहमतिमा बागमती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् ।
आज (मंगलबार) चन्द्रगिरिमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले शाक्य आफ्नै सहमतिमा प्रदेशको मुख्यमनत्री बनेको बताएका हुन् ।
नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य नयाँ मुख्यमन्त्री बनेकी छन् । तर उनी नेकपा एकीकृत समाजवादीमा गएकी छैनन् ।
‘मुख्यमन्त्री शाक्यले अब एउटा दल रोज्नुपर्ने हुन्छ’ नेता नेपालले भने, ‘उहाँले सहमति लिनु भएकै हो । तर, उहाँ अप्ठ्यारोमा हुनुहुन्छ ।’
उनले भने, ‘जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बन्छ । अब उहाँमा भरपर्छ, म धेरै भन्न चाहन्न ।’
