सभापतिको साझा उम्मेदवार छान्न पौडेल पक्षको छलफल जारी
काठमाडौं । सासन्न महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार छान्न रामचन्द्र पौडेल पक्षले छलफल अघि बढाएको छ ।
क्रियाशील सदस्यता विवाद लगभग टुंगिएपछि पौडेल समूहका सभापतिका आकांक्षीहरुले मंगलबार छलफल गरेका हुन् ।
वत्तिसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा भएको छलफलमा पौडेलसँगै महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण महत लगायतको सहभागिता थियो ।
