एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध कानुनी प्रतिवाद गर्ने
काठमाडौं । नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगविरूद्ध कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।
एमाले केन्द्रीय समिति बिहीबार बसेको बैठकले पार्टीले कारवाही गरेका सांसदहरुलाई सभामुख सापकोटाले सूचना टाँस नगरेको र निर्वाचन आयोगले पार्टीले कारवाही गरेकाहरूलाई समेत सनाखत गराएर नयाँ पार्टी गठनमा मान्यता दिएका भन्दै कानुनी प्रतिवाद गर्ने निर्णय गरेको हो ।
बैठकले सभामुख र निर्वाचन आयोग दुवैले गल्ती गरेकाले त्यसविरुद्ध एमालेले कानुनी प्रतिवादमा उत्रने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमालेले पार्टी विभाजनसम्बन्धी सरकारले अध्यादेश जारी गर्दा संविधानले परिकल्पना नै नगरेको स्थानीय तहका पदाधिकारीले समेत दल त्याग गर्नसक्ने व्यवस्थाको पनि विरोध गरेको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी जारी गरेको स्थानीय तहका पदाधिकारीले २१ दिभित्र दल रोज्न पाउने व्यवस्था अनुसार ल्याएको अध्यादेश संविधानको मर्म विपरित भएको उनको भनाई छ ।
