प्रदेश १ : मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण

तु खबर संवाददाता
२०७८ भाद्र १०, बिहीबार १५:०४

काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् ।

आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथ ग्रहण गरेपछि पदभार ग्रहण गरेका हुन् ।

आचार्यलाई बिहीबार (आज) प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए ।

यसअघि प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई रहेका थिए । उनले राजीनामा बुझाएलगतै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।