एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै

तु खबर संवाददाता
२०७८ भाद्र १०, बिहीबार ०८:५३
file-photo

काठमाडौं । नेकपा एमालेले आज (बिहीबार) केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बैठक दिउँसो १२ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि पहिलो पटक केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा रणनीति बनाइने कार्यसूची रहेको जनाइएको छ ।