जसपा एक साताभित्र सरकारमा सहभागी हुने

तु खबर संवाददाता
२०७८ भाद्र ९,बुधबार १८:२८
file-photo

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल एक साताभित्र सरकारमा सहभागी हुने भएको छ ।

जसपाले संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेश र पहाडको प्रतिनिधित्व हुनेगरी समावेशी आधारमा पार्टी एक साताभित्र सरकारमा सहभागी हुने दावी गरेका हुन् ।

पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बागमती प्रदेशलाई समेटेर बुधबार काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुराको जानकारी गराएको हो ।

महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गर्दै डा.भट्टराईले ठाकुर–महतोलाई खाने बेलामा अभागीलाई रिस उठे जस्तै भएको व्यंग्य गरे ।

जसपा बाहेक कुनै पनि राजनीतिक शक्तिले मुलुकलाई सही निकास दिन नसक्ने दाबी गर्दै उनले आगामी निर्वाचनबाट जनताका उत्साहजनक मत पाएर जसपा बलियो शक्तिको रुपमा उभिने विश्वास व्यक्त गरे ।