कांग्रेस हेटौंडा १७ को सभापतिमा न्यौपाने

तु खबर संवाददाता
२०७८ भाद्र २०, आईतवार १३:२२

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नं १७ को सभापतिमा नवराज न्यौपाने चयन भएका छन् ।

कांग्रेसको आज भएको वडा अधिवेशनले सर्वसम्मत रुपमा न्यौपानेलाई चयन गरेको हो ।

त्यस्तै उपसभापतिमा प्रकाश पौडेल र गोविन्द नेपाल, सचिवमा कृष्णप्रसाद पराजुली र कृष्णप्रसाद अधिकारी, सह–सचिवमा सम्भु पराजुली र ओम अधिकारी चयन भएका छन् ।

सो भेलाले कोषाध्यक्ष पदमा उदय विडारीलाई चयन गरेको मतदान अधिकृत रामप्रसाद सापकोटाले जानकारी दिए ।

भेलाले कांग्रेस १७ नं वडा कार्यसमितिमा १३ जना सदस्य र क्षेत्रीय प्रतिनिधिमा २६ जना चयन गरेको छ ।

नवनिर्वाचित सभापति न्यौपानेले हेटौंडा १७ ले आपसी सहमतिबाटै कार्यसमिति चयन गरेर राम्रो सन्देश प्रवाह गरेको बताए ।

उनले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा लोकतन्त्रका पक्षहरुहरुलाई नेतृत्व तहमा पुर्याउन अहिलेदेखिनै कांग्रेसका नेता, कार्यकर्ता र सुवेच्छुकहरु लागिपर्नुपर्ने बताए ।

आफुलाई निर्वाचित गराउन भूमिका निर्वाह गर्ने सबैप्रति उनले आभार व्यक्त गरे ।