कांग्रेस मनहरी गाउँपालिका ५ नं वडा सभापतिमा उप्रेती
मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिका वडा नम्वर ५ को सभापतिमा विष्णु उप्रेती निर्वाचित भएका छन् ।
प्रतिद्वन्दी गौरी उप्रेतीलाई २५ मतले पराजित गर्दै विष्णु उप्रेती निर्वाचित भएका हुन् ।
प्रतिद्वन्दी गौरी उप्रेतीले २७ मत पाएका थिए भने विष्णु उप्रेतीले ५२ मत पाए ।
त्यसैगरी उपसभापतिमा सुनबहादुर मोक्तान र काजीमान स्याङ्तान, सचिवमा सीताराम स्याङ्बो र कृष्णप्रसाद सिलवाल, सह–सचिवमा निराजन भट्टराई र लिलासिंह आलेमगर सर्वसम्मत रुपमा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा जितकुमारी भट्ट, उमित्रा विश्वकर्मा, अच्युत पण्डितलगायत १६ जना सर्वसम्मत रुपमा चयन भएका छन् ।
त्यस्तै क्षेत्रीय प्रतिनिधिमा इन्दिरा सिलवाल, प्रतिमा भण्डारी उप्रेती, नवराज उप्रेती, निराजन बर्तौला, कृष्णबहादुर स्याङ्तान, राजेन्द्रप्रसाद रिजाल, उत्सव उप्रेती, योगेन्द्र प्रसाद अर्याल, रामबहादुर विष्ट, सानुकान्छी स्याङ्बो, लालबहादुर स्याङ्तान, मित्रलाल मोक्तान, विनिता दमाई र मधेशी कोटातर्फ गगनदेव चौरसिया सर्वसम्मत रुपमा चयन भएको मतदान अधिकृत मनोज चौलागाईले जानकारी दिए ।
