कांग्रेस हेटौंडा ४ नं वडा सभापतिमा पौडेल चयन
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नं ४ को सभापतिमा हरिप्रसाद पौडेल चयन भएका छन् ।
कांग्रेसको आज भएको वडा अधिवेशनले सर्वसम्मत रुपमा पौडेलसहित २५ जनाको कार्यसमिति चयन गरेको हो ।
त्यस्तै वडा समितिको उपसभापतिमा अर्जुन प्रसाद देवकोटा र इन्दिरा कोइराला, सचिवमा रमेश मुडवरी र विजय कार्की, सह–सचिवमा रामेश्वर पराजुली र रामप्रसाद प्रसाई चयन भएको मतदान अधिकृत प्रधुम्न आचार्यले जानकारी दिएका छन् ।
अधिवेशनले ४ नं वडा समितिमा पदाधिकारीसहित २५ जना र क्षेत्रीय प्रतिनिधिमा २९ जना सर्वसम्मत चयन गरेको छ । कोषाध्यक्ष भने निर्वाचित समितिले केही दिनमा मनोनित गर्ने जनाइएको छ ।
४ नं वडाबाट क्षेत्रीय प्रतिनिधिमा प्रदिप कोइराला, रमेश गिरि, हरिराज खरेल, रमेश कोइराला, शिवराम सुवेदी, रामहरी आचार्य, गणेशहरी उप्रेती, डा गणेश लामा, कविन सांगामी, शुक्र जोशी, विक्रम लामा, अञ्जना उपाध्याय, निर्मला महर्जनलगायतलाई चयन गरेको हो ।
नवनिर्वाचित सभापति पौडेलले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा लोकतन्त्रका पक्षहरुहरुलाई नेतृत्व तहमा पुर्याउन अहिलेदेखिनै कांग्रेसका नेता, कार्यकर्ता र सुवेच्छुकहरु लागिपर्नुपर्ने बताए । आफुलाई निर्वाचित गराउन भूमिका निर्वाह गर्ने सबैप्रति उनले आभार व्यक्त गरे ।
