कांग्रेस हेटौंडा ६ नं वडा सभापतिमा तिमल्सिना

तु खबर संवाददाता
२०७८ भाद्र २०, आईतवार १७:२७

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नं ६ को सभापतिमा रामहरी तिमल्सिना चयन भएका छन् ।

कांग्रेसको आज भएको वडा अधिवेशनले तिमल्सिनालाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

त्यसैगरी वडा समितिको उपाध्यक्षमा केशव धिताल र ठाकुरप्रसाद चौँलागाई, सचिवमा कृष्ण दुलाल र राजकुमार फुँयाल, सहसचिवमा रामजी घिमिरे र विक्रम दंगाल चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले केही दिनमा सदस्यहरुबाट कोषाध्यक्ष नियुक्त गर्ने जनाइएको छ ।

त्यस्तै सदस्यहरुमा दिल्ली प्रसाद चौँलागाई, डोरबहादुर अधिकारी, नवराज चौँलागाई, होमबहादुर राई, भरत देवकोटा, सुर्यप्रसाद दुलाल, नुरप्रसाद तिमल्सिना, सुपेन्द्र खनाल, अनुमना सापकोटा, पवित्रा राई, कमल सुवेदीलगायत रहेका छन् ।

अधिवेशनले क्षेत्रीय प्रतिनिधितर्फ अर्नुनप्रसाद चौँलागाई, होमनाथ गौतम, राजकुमार वास्तोला, गोपाल प्रसाद दुलाल, विष्णु दाहाल, सुमित्रा न्यौपाने, क्षेत्रमाया भण्डारी, शोभा खतिवडा, गायत्री घिमिरे, कृष्णप्रसाद चौँलागाई, सुवास न्यौपाने, केशव प्रसाद घिताल, रोशन घिमिरेलगायतलाई चुनेको मतदान अधिकृत दिपक देवकोटाले जानकारी दिएका छन् ।