राजनीति/ समाज
काँग्रेसको १४ औं महाधिवेशन रोक्न सर्वोच्चमा रिट दर्ता
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । बिहिबार नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत अहाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा...
नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा पोखरेल
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन् । मकवानपुर जिल्ला भेला तथा रुपान्तर कार्यक्रमले पोखरेलको संयोजकत्वमा २५५ सदस्यीय जिल्ला कमिटि घोषणा गरेको हो । यस्तै, पार्टीको उपाध्यक्षमा मिना लामा र सचिवमा विष्णु दाहाल चयन भएका छन् । नेकपा एमाले विभाजनपछि माधवकुमार नेपालको नेतृत्व...
देशभर पार्टीको नाममा रहेको सम्पत्ति संकलन गर्दै माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रले देशभर पार्टीको नाममा रहेको सम्पत्ति संकलन गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी विघटन भएर माओवादी ब्युँतिएसँगै माओवादीले पार्टीको नाममा रहेको सम्पत्ति संकलन गर्न लागेको माओवादी पार्टी कार्यालय स्रोतले जनाएको छ । स्रोका अनुसार पार्टी र पार्टी अन्तर्गतका जनवर्गीय तथा मोर्चा संगठनका नाममा रहेका...
‘मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अब केही दिन मात्रै’
मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु अब केही दिन मात्रै रहेको बताएका छन् । नेता बानियाँले बुधबार साँझ नेपाली काँग्रेस मकवानपुरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार २ साता...
कांग्रेस मकवानपुर वडा अधिवेशनसंगै संगठनमा विस्तार अभियानमा
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस वडा अधिवेशनसंगै स्थानीय तहको संगठन विस्तारको अभियानमा जुटेको बताएका छन् । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेता बानियाँले भदौ २० गते मकवानपुरको १०२ वटै वडाको अधिवेशन हुने र सोही क्रममा वडास्तरबाटै संगठन विस्तारको अभियानलाई...
कांग्रेस मकवानपुरको वडा अधिवेशन भदौ २० गते हुने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशन आगामी भदौ २० गते हुने भएको छ । बुधबार पार्टी कार्यालयमा बसेको कांग्रेस मकवानपुरको बैठकले वडा अधिवेशन भदौ २० गते गर्ने निर्णय गरेको हो । मकवानपुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी...
विभिन्न पार्टी परित्याग गरी बकैयाका ४८७ जना कांग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ४८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आज (बुधबार) नेपाली कांग्रेस बकैया गाउँपालिका वडा नम्वर ३ को आयोजनामा भएको एक कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ४८७ जना कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा एमालेको...
तरुण दल हेटौंडा उपमहानगर समितिको भेला सम्पन्न
मकवानपुर । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिको नगर भेला सम्पन्न भएको छ । भेला बुधबार हेटौंडामा सम्पन्न भएको हो । भेला तरुण दल नगर अध्यक्ष सुनिल गिरीको सभाध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख अतिथ्यतामा भएको हो । कार्यक्रममा जिल्ला सभापति तथा...
कर्णाली : तीन सांसदले रोजे एकीकृत समाजवादी
काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । बुधबार प्रदेश निर्वाचन आयोग कार्यालय पुगेर तीन जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी सनाखत गरेका हुन् । एकीकृत समाजवादीमा मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले सनाखत गरेका हनु्...
पिस फोर्सको अध्यक्षमा चौँलागाई नियुक्त
मकवानपुर । नेपाल परिवार दलको युवा संगठन पिस फोर्सको केन्द्रिय अध्यक्षमा रामेछापका रविन्द्र चौँलागाई चयन भएका छन् । सोमबार काठमाडौँमा बसेको परिवार दलको बैठकले पिस फोर्सको अध्यक्षमा चौलागाईलाई चयन गरेको हो । चौँलागाईले मुलुकमा शान्ति, स्थायित्व र समग्र विकासका लागि लागि युवा वर्गको भूमिका महत्वपूर्ण हुने भन्दै युवा वर्गले...









