इन्द्रसरोवर गाउँपालिका अध्यक्षसहित १० जना एकीकृत समाजवादीमा

तु खबर संवाददाता
२०७८ भाद्र २२,मंगलवार ०८:०२
file-photo

मकवानपुर । नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा मकवानपुरको एक गाउँपालिका अध्यक्ष, हेटौंडा उपमहानगरपालिकाका सदस्य एवम् वडा अध्यक्षलगायत १० जनाले सनाखत गरेका छन् ।

एकीकृत समाजवादीमा सनाखत गर्नेहरुमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौंडा–१ का वडा सदस्य इश्वरी सुनार, इन्द्रसरोवर गाउँपालिका–५ का वडा अध्यक्ष धनराज महर्जन, थाहानगरपालिका–११ का सदस्य सुनिल लामा, बागमती गाउँपालिका–५ का सदस्य विष्णु तिमल्सिना, इन्द्रसरोवर गाउँपालिका–५ का वडा सदस्य कृष्णजित लामा, इमान लो, इन्द्रसरोवर गाउँपालिका कार्यपालिका सदस्य दुर्गावती थोकर र मन्जु रुम्बा रहेका छन् ।

उनीहरुले सोमबार हेटौंडमा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

यससँगै मकवानपुरमा नेकपा एकीकृत समाजवादी सनाखत गर्नेको संख्या ३५ जना पुगेको छ । यसअघि बिहिबार मात्रै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलगायत २५ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।