कांग्रेस मकवानपुरगढी ४ नं वडा सभापतिमा सापकोटा

तु खबर संवाददाता
२०७८ भाद्र २०, आईतवार १५:०९

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ को सभापतिमा सुवास सापकोटा चयन भएका छन् ।

कांग्रेसको आज भएको वडा अधिवेशनले सापकोटासहित १६ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

त्यसैगरी वडा समितिको उपसभापतिमा केशव तिमल्सिना र कृष्णबहादुर ठकुरी, सचिवमा सोमलाल घलान (भुवन) र सह–सचिवमा केदार सापकोटा चयन भएका छन् ।

सचिव र सहसचिव २/२ जना हुनुपर्नेमा अहिले एक÷एक जना मात्रै चयन गरिएको र केही दिनमा कार्यसमितिको बैठक बसी थप १÷१ जनालाई जिम्मेवारी दिइने बताइएको छ ।

त्यसैगरी समितिको सदस्यहरुमा, धर्मनन्द बञ्जारा, शेरबहादुर योञ्जन, मान बहादुर पाख्रिन, रामबहादुर थिङ, गोमा घिमिरे, अनिता बल, अनिषा श्रेष्ठ कायस्थ, मखमली मोक्तान, रामलाल स्याङतान र पञ्चबहादुर दमाई चयन भएको मतदान अधिकृत गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

सदस्यहरुमध्येबाट एक जनालाई कोषाध्यक्ष चयन गरिने बताइएको छ ।

त्यस्तै क्षेत्रीय प्रतिनिधिमा बलराम पुडासैनी, कृष्णबहादुर खड्का, देवनारायण लामिछाने, गोपाल प्रसाद न्यौपाने, लोकनाथ आचार्य, सकुल सिंह ठकुरी, अनिता चौरेल, विष्णुमाया घलान, नरेश धिताल, जानुका सिंह ठकुरी, रमेश कुमार डंगोल, स्यामबहादुर पाख्रिन, उर्मीला गुरुङ, चमेली थिङ, प्रमिला तिमल्सिना, सन्तोष परियार गरी १६ जना चयन भएको नवनिर्वाचित सचिव भुवन घलानले जानकारी दिए ।