मकवानपुरमा पूर्व पिएलए संगठित हुँदै

तु खबर संवाददाता
२०७८ भाद्र २०, आईतवार १५:२९

मकवानपुर । नेकपा माओवादी केन्द्र सम्बद्ध पूर्व जनमुक्ति सेना पिएलए संघ नेपाल तथा जनयुद्ध जनक्रान्तिका घाइते अपाङ्ग योद्धा संगठनको संयुक्त भेला आज हेटौंडामा भएको छ ।

भेलाले पूर्व पिएलए संघको संयोजकमा धनप्रकाश मगर र बच्छु खड्का गोलेलाई सह–संयोजकमा चयन गरेको छ । त्यस्तै सुर्यकला तिमल्सिनालाई जनयुद्ध जनक्रान्तिका घाइते अपाङ्ग संघ नेपाल मकवानपुरका संयोजक र विज्ञान स्याङ्तानलाई सह–संयोजकमा चयन गरेको छ ।

पूर्व पिएलए वटालियन कमान्डर सन्तबीर लोको सभाध्यक्षमा भएको भेलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ओम घलानको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलामा वाइसीएल केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुमन पाख्रिन, जनयुद्ध जनक्रान्तिका घाइते अपाङ्ग संघ नेपाल केन्द्रीय कृष्ण सुवेदी, जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मी माझी, बद्रि स्याङ्तान, वाइसीएल जिल्ला अध्यक्ष राज कुमार मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।