राजनीति/ समाज
प्रेसरकुकर बम र चन्दा आतंक मच्चाएको आरोपमा विप्लवका २ जना मकवानपुर प्रहरीद्वारा पक्राउ
मकवानपुर, ३१ वैशाख । विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता भएको आरोपमा २ जनालाई प्रहरीले २ जनालाई पक्राउ गरेको छ । हिजो पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा राक्सिराङ घर भएका सूर्य अर्याल र मनहरी घर राजकुमार मोक्तान छन् । उनीहरुलाई राक्सिराङबाट पक्राउ गरिएको...
प्रदेश नं. ३ को प्रदेशसभा वैठक काँग्रेसद्वारा अवरोध
मकवानपुर, ३० वैशाख । प्रदेशसभा वैठक संचालनमा नेपाली काँग्रेसले अवरोध गरेको छ । प्रदेश नंं ३ को राजधानीका सम्बन्धमा प्रकृया अघि नबढाएसम्म वैठक चल्न नदिने नेपाली काँग्रेस संसदीय दलले जनाएको छ । आज सोमबार १ बजे सुरु भएको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेशमा...
टिप्पणी – भोलिको संसद वैठकमा काग्रेसको विकल्प : संसद अवरोध वा मौन समर्थन
मकवानपुर, २९ वैशाख । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक भोलिबाट सुरु हुँदैछ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि राजधानीको विषय सँसदमा प्रवेश नगर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राजधानीको विषय प्रवेश गराउनुपर्ने माग राखेको सचेतक छिरिङ दोर्जे लामाले बताएका छन् । भोलि यस...
भोलिको संसद बैठकमा राजधानीको विषय प्रवेश नहुने भएपछि काँग्रेस असन्तुष्ट
मकवानपुर,२९ वैशाख । अन्ततः भोलिबाट सुरु हुने प्रदेश नम्बर ३ प्रदेशसभाको बैठकमा पनि राजधानीको विषय प्रवेश नहुने भएको छ । प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बसेको थियो । भोलिबाट सुरु हुने सँसद बैठकमा राजधानीको विषयले प्रवेश पाउनुपर्ने माग प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उठाएको थियो । तर, अन्तिममा...
काँग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी : नेता पौडेल
काठमाडौं २९ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको बताएका छन् । शनिबार सुनसरीको रामधुनी नगरपालिकामा आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् । उनले काङ्ग्रेस नैतिकवान् र इमान्दारको पार्टी भएको भन्दै सबैलाई अन्य पार्टी छोडेर...
सरकारले मिडियामाथि अंकुश लगाउन नमिल्ने
बुटवल २९ वैशाख । पूर्वसभामुख नेकपाको नेतृ ओनसरी घर्तीले सरकारले मिडियामाथि अंकुश लगाउन नमिल्ने बताएकी छिन् । आज (आइतबार) रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै घर्तीले सो कुरा बताएकी हुन् । मिडिया विधेयकबारे पत्रकारले राखेको जिज्ञासामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ अध्यक्षसमेत रहेकी...
पूर्व नयाँशक्तिका ४० कार्यकर्ता नेकपामा प्रवेश
गोरखा २९ वैशाख । पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित ४० नेता र कार्यकर्ता पार्टी परित्याग गरी शनिबार नेकपामा प्रवेश गरेका हुन् । देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व...
समाजवादी पार्टीले सातवटै प्रदेशको मुख्य शहरमा आमसभा गर्ने
काठमाडौं २८ वैशाख । नवगठित समाजवादी पार्टीले सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशमा आमसभा गर्ने भएको हो । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । यही...
काँग्रेसले मात्रै देशको विकास गर्न सक्ने नेता सिंहको दाबी
काठमाडौँ २८ वैशाख । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस पार्टीले मात्र देशको विकास गर्न सक्ने दाबी गरेका छन् । आज (शनिबार) नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा पहिलो संविधानसभा निर्वाचनमा चारजना कम्युनिष्ट प्रधानमन्त्री बन्दासमेत देशमा संविधान निर्माण गर्न नसकेको भन्दै काङ्ग्रेस...
विप्लव नेतृत्वकाे विद्यार्थी संघका केन्द्रीय अध्यक्ष ढकाललाई घेरा हालेर पक्राउ
काठमाडौँ । विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार काठमाडौंको अनामनगरबाट उनलाई प्रहरीले घेरा हालेर पक्राउ गरेको हो । ढकाल पार्टीमा प्रकाण्ड निकट मानिन्छन् । उनलाई पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ । सरकारले विप्वल नेतृत्वको पार्टीलाई प्रतिवन्ध लगाउने निर्णय गरेदेखि यता...








