समाजवादी पार्टीले सातवटै प्रदेशको मुख्य शहरमा आमसभा गर्ने
काठमाडौं २८ वैशाख । नवगठित समाजवादी पार्टीले सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशमा आमसभा गर्ने भएको हो ।
पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
यही वैशाख २३ गते सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भई नयाँ समाजवादी पार्टी घोषणा गरिएको थियो ।
