टिप्पणी – भोलिको संसद वैठकमा काग्रेसको विकल्प : संसद अवरोध वा मौन समर्थन
मकवानपुर, २९ वैशाख । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक भोलिबाट सुरु हुँदैछ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि राजधानीको विषय सँसदमा प्रवेश नगर्ने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राजधानीको विषय प्रवेश गराउनुपर्ने माग राखेको सचेतक छिरिङ दोर्जे लामाले बताएका छन् । भोलि यस विषयमा काँग्रेसको बैठक समेत बस्ने भएको छ ।
अब प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससँग दुई विकल्प देखिएको छ । एक राजधानीको विषय प्रवेश गराउन माग गर्दै कडा आन्दोलन गर्ने, सँसद बैठक नै अवरोध गर्ने वा जे भएपनि मौन समर्थन जनाएर सँसद वैठकमा भाग लिने ।
भोलि नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठकले के निर्णय गर्ला त्यो औपचारिक रुपमा भोलिनै खुल्ने भएपनि स्रोतले सँसद बैठक अवरोध हुन सक्ने संकेत गरेको छ ।
आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा काँग्रेसले जुनसुकै हालतमा पनि राजधानीको विषयले प्रवेश पाउनुपर्ने माग राखेको थियो । तर, उसको मागलाई सत्तापक्षले सुनुवाइ गरेन । स्रोतका अनुसार, त्यसरी पेलेर जाने अवस्था बनेपछि काँग्रेसले पनि आफ्नो तर्फबाट राम्रै म्यासेज दिनेगरी तयारी गरेको छ । त्यो तयारी सँसद वैठक अवरोध गर्ने हदसम्म जान्छ वा जादैन त्यो भने भोलिनै देखिनेछ ।
प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ भोलिको बैठकमा कडा रुपमा प्रस्तुत हुन सक्ने स्रोत बताउँछ ।
यो पनि पढ्नुहोस् –
- भोलिको संसद बैठकमा राजधानीको विषय प्रवेश नहुने भएपछि काँग्रेस असन्तुष्ट
- भोली प्रदेशसभाको वैठक, राजधानीको विषयले प्रवेश नपाउने
- मुख्यमन्त्रीको प्रतिवद्धता अनुसार : हिउँदे अधिवेशनअघि प्रदेशको राजधानी पनि टुङ्गोमा पुगेन
- डेढ वर्षसम्म पनि प्रदेशको राजधानी तोकिएन, सांसद भन्छन्–मुख्यमन्त्री षड्यन्त्रमा लागे
- ३ नम्बर प्रदेशको हिउँदे अधिवेशन आजबाट, राजधानीको विषयले प्रवेश पाउँदै
- ‘हेटौंडालाई प्रदेशको राजधानी बनाउने हो भने २५ मिटर सडक विस्तार गर्नुपर्छ’ : राष्ट्रियसभा सदस्य विडारी
- प्रदेश ३ को राजधानी कहाँ रहने नेतृत्व तहमा टुङ्गो लागिसक्यो : मुख्यमन्त्री पौडेल
- हेटौंडालाई राजधानी बनाउन गर्यो काँग्रेसले नाराजुलुस
- हिउँदे अधिवेशन पछि प्रदेशको नाम र राजधानी टुंगो लाग्ने : मुख्यमन्त्री पौडेल
- राजधानी तत्काल तोकिँदैन : मुख्यमन्त्री पौडेल
- प्रदेशको राजधानी हेटौंडा कायम गर्न विवेकशील साझाको विमति नयाँ शक्ति अनुपस्थित
- प्रदेश ३ को राजधानीको विषयमा मतदान हुने, ५ वटा जिल्लाको नाम सिफारिस
- प्रदेशको राजधानी हेटौंडामै हुन्छ : अध्यक्ष थापा
- राजधानीको विषयलाई अलपत्र पारेर मुख्यमन्त्री पौडेल कतारतिर व्यस्त
