प्रदेश ३ को राजधानी कहाँ रहने नेतृत्व तहमा टुङ्गो लागिसक्यो : मुख्यमन्त्री पौडेल

२०७५ माघ २९,मंगलवार १८:५९
Featured Video Play Icon

मकवानपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानीको विषय हिउँदे अधिवेशन भित्रै  टुङ्गोमा पुग्ने बताएका छन् ।

आज तु खबरसंगको कुराकानीमा उनले राजधानी कहाँ रहने भन्ने बारेमा केन्द्रीय नेतृत्वमा सहमति भइसकेको बताए । थोरै प्राविधिक कुरा छ, तर एक हिसाबले सहमति भैसक्यो, मुख्यमन्त्री पौडेलले भने ।

राजधानी कसैलाई घर पायक पार्ने आधारमा तोकिने विषय नभएको भन्दै उनले यो दीर्घकालिन महत्वको विषय भएको समेत प्रस्ट पारे । भोटसोट गरेर विभाजित हुन नपरोस्, उनले भने ।

उनका अनुसार, उसले जित्ने उसले हार्ने भयो भने सरकारकै काममा समेत अप्ठ्यारो पर्छ । सबै पार्टीको बीचमा सहमति भएमा राम्रो सन्देश जाने पौडेलले बताए ।

तर, प्रदेश ३ को राजधानी हेटौंडा, काभ्रे वा कहाँ रहने सहमति केन्द्रीय नेतृत्वबीच भएको हो सो भने खुलाएनन् ।