प्रदेश नं. ३ को प्रदेशसभा वैठक काँग्रेसद्वारा अवरोध
मकवानपुर, ३० वैशाख । प्रदेशसभा वैठक संचालनमा नेपाली काँग्रेसले अवरोध गरेको छ । प्रदेश नंं ३ को राजधानीका सम्बन्धमा प्रकृया अघि नबढाएसम्म वैठक चल्न नदिने नेपाली काँग्रेस संसदीय दलले जनाएको छ ।
आज सोमबार १ बजे सुरु भएको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेशमा जलचर संरक्षण गर्ने सम्बन्धमा बनेको विधयक पेश गर्न रोष्टम तर्फ जाने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्र बानियाँले उठेर राजधानीको विषय प्रवेश नगराएसम्म संसद चल्न नदिने घोषणा गरे ।
बानियाँले घोषणा गरलगत्तै काँग्रेसका सबै साँसदले वैठक अवरोध सुरु गरे ।
यो पनि पढ्नुहोस् –
- टिप्पणी – भोलिको संसद वैठकमा काग्रेसको विकल्प : संसद अवरोध वा मौन समर्थन
- भोलिको संसद बैठकमा राजधानीको विषय प्रवेश नहुने भएपछि काँग्रेस असन्तुष्ट
