काँग्रेसले मात्रै देशको विकास गर्न सक्ने नेता सिंहको दाबी

तु खबर संवाददाता
२०७६ बैशाख २८, शनिबार १३:४५

काठमाडौँ २८ वैशाख । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले
काँग्रेस पार्टीले मात्र देशको विकास गर्न सक्ने दाबी गरेका छन् ।

आज (शनिबार) नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा पहिलो संविधानसभा निर्वाचनमा चारजना कम्युनिष्ट प्रधानमन्त्री बन्दासमेत देशमा संविधान निर्माण गर्न नसकेको भन्दै काङ्ग्रेस पार्टीले मात्र देशको विकास गर्न सक्ने दाबी गरेका हुन् ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंहले वर्तमान सरकारले संसद्को मर्यादालाई पालना गर्न नसकेको आरोपसमेत लगाएका छन् ।

उनले नेपाली जनतालाई अधिकार दिलाउन काङ्ग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*