काँग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी : नेता पौडेल
काठमाडौं २९ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको बताएका छन् ।
शनिबार सुनसरीको रामधुनी नगरपालिकामा आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।
उनले काङ्ग्रेस नैतिकवान् र इमान्दारको पार्टी भएको भन्दै सबैलाई अन्य पार्टी छोडेर काङ्ग्रेसमा लाग्नका लागि आग्रह गरे । वरिष्ठ नेता पौडेलले पार्टीमा कुनै गुट–उपगुट नरहेकाले त्यसमा प्रस्ट हुन आग्रह गरे ।
