राजनीति/ समाज
मकवानपुर एसपी सिंहको मेन टार्गेट : गाँजा तस्करी र नेकपाको गतिविधि नियन्त्रण
मकवानपुर, २१ वैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश सिंह अहिले गाँजा र विप्लव नेतृत्वको नेकपाको गतिविधि नियन्त्रणमा क्रियाशील छन् । रातभरि गस्तीमा दौडने सिंहको प्राथमकितामा लागुऔषध नियन्त्रण रहेको छ । त्यसपछि सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेकपाको गतिविधि नियन्त्रणमा उनले निकै समय खर्च गर्ने गरेका छन् ।...
सामाजिक सुरक्षा भत्ता बढाउने सरकारको घोषणा
काठमाडौँ, २० वैशाख । सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको छ । आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको हो । बजेट वक्तब्य मार्फत् घोषणा गरिनु पर्ने भएपनि सरकारले नीति तथा कार्यक्रममै वृद्धभत्ता बढाउने घोषणा गरेको हो ।...
विदेशी लगानी प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने : प्रधानमन्त्री
काठमाडौं २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विदेशीहरुलाई नेपालमा लगानी गर्न आव्हान गर्दै लगानीको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने बताएका छन् । उनले जनताको सुखसहितको समृद्धि चाहेको भन्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ नेपाली जनताको साझा सपना भएकाले त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दावी पनि गरेका...
प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मती राख्ने तयारी
मकवानपुर – प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने लगभग सुनिश्चित भएको छ । डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडालाई प्रदेशको स्थायी राजधानी तोक्न नेकपाका दुवै अध्यक्ष सकारात्मक भएका छन् । हेटौंडा राजधानी राख्ने विषयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सकारात्मक भएकाले अब हेटौंडा...
मेयर महतको योजना विरुद्ध बोलिन् विष्णु ओझा, दिइन् पछुताउनुपर्ने चेतावनी
मकवानपुर, २० वैशाख । समावेशी आयोगकी सदस्य बिष्णु ओझाले हेटौंडाको हुप्राचौरमा सटर र प्याराफिट बनाउने कुराले दुखी भएको बताएकी छिन् । समाजिक सञ्जाल फेसबुकमार्फत् उनले बुहचर्चित हुप्रा प्रकरणमा आफ्नो धारणा राखेकी हुन् । ‘खुला चौरमा सटर हाल्ने कुरा उठ्नै हुँदैनथ्यो, यो अधिकांश जनताको भावना विपरित छ, उनले भनेकी छिन्...
आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार हुने
काठमाडौं १९ वैशाख । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी...
फोरम नेपाल र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने तयारी
काठमाडौं १९ वैशाख । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी गरेका छन् । स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको...
शीर्ष नेताबीच सहमति नजुट्दा संसदीय दलको बैठक स्थगित
विराटनगर १८ वैशाख । प्रदेश १ मा बुधबार बस्ने भनिएको प्रदेश संसदीय दलको बैठक स्थगित भएको छ । प्रदेश १ को सत्तारुढ दलका नेताहरुको बैठक लम्बिएपछि बुधबार बस्ने भनिएको प्रदेश संसदीय दलको बैठक स्थगित भएको हो । प्रदेश १ को सत्तारुढ दल नेकपाका प्रान्तीय नेताहरु प्रदेशको नाम र स्थायी...
फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरणको तयारी
काठमाडौं १८ वैशाख । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरणको घोषणा गर्ने तयारी भइरहेको छ । दुई पार्टीबीच लामो समयदेखि एकीकरणका लागि पहल भइरहेपनि बल्ल अहिले आएर टुङ्गोमा पुगेको छ । नयाँ शक्तिसँग एकीकरण गर्ने भएपछि फोरम नेपालले आफ्नो केन्द्रीय महाधिवेशन सार्ने तयारी पनि गरिरहेको फोरम...
नेपालीसँग बिहे गर्ने विदेशीलाई ७ वर्षपछि मात्र नागरिकता दिने विवेकशील पार्टीको प्रस्ताब
काठमाडौं १७ वैशाख । साझा विवेकशील पार्टीले नेपाली नागरिकसँग विहे गर्ने विदेशी नागरिकले नेपाली नागरिकता लिन ७ वर्ष स्थायी बसोबास गरेको व्यवस्था गर्नुपर्ने धारणा राखेको छ । नागरिकता विधेयकमाथि मंगलबार आफ्नो धारणा राख्दै साझा विवेकशील पार्टीले महिला या पुरुष जो भए पनि नेपालीसँग विहे गरी आउने विदेशी नागरिक ७...








